Logo

मुख्य समाचार

बर्दिवासमा खानेपानी चोरी गरेरै वर्षौदेखि उद्याेग संचालन



महोत्तरी । पछिल्लो समय बर्दिवासमा पानीको समस्या बढीरहेको वेला बर्षौदेखी पानी चोरी गरेर उपभोग गरेको पाइएको छ ।बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निरिक्षण गर्ने क्रममा बर्षौ चोरी गरेर उधोग नै संचालन गरेको भेटिएको हो ।

९ वर्षदेखि टायल उधोगमा एक व्यापारीले खानेपानी चोरी गरेर उधोग संचालन गरेको र अन्य धेरै चोरीका घटनाहरु फेला पारेको उपभोक्ता समितिले जनाएको छ । ञत्यस्ता धाराहरुको खोजी गरेर काटदै चोरी गर्नेहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएका छौ,झ समितिका कोषाध्यक्ष भोजराज फुयालले भने ।

पानीको महसुल लामो समयदेखी नतिर्ने केही व्यापारी तथा ब्यक्तिहरुको धारा पनि काटिएको छ भने यो विचमा ३० लाख बक्यौता उठाईएको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

व्यापारी, ब्यक्ती तथा उधोगहरुले खानेपानी संस्थानलाई २ करोड १५ लाख वक्यौता बुझाउन वाँकी छ । संस्थानले पटक(पटक उक्त वक्यौताको बिषयमा ताकेता गर्दा पनि अटेर गरे पछी धारा नै काटने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष सेनले बताए ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरु काटिएको छ भने काटने क्रम जारी रहेको छ ।

काटेपछी केही संस्था तथा ब्यक्तिहरुले केही रकम बुझाउन आएको र बाँकी रकम तिर्न समेत समयसिमा मागेको हुनाले पुनः जडान पनि गरिरहेको कोषाध्यक्ष फुयालले जानकारी दिए ।

बर्दिवास वडा न.३ को गौरिडाडा, वडा न।१, वडा न.२ र वडा न.१४ का बासिन्दालाई यस खानेपानी संस्थानले ५५४६ वटा धारा प्रदान गरिरहेको छ । यो विचमा पानीको समस्या वढन थालेपछि उपभोक्ता समितिले पानी चुहावट तथा चोरीका बिषयहरुलाई निगरानी वढाएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : २५ बजे