Logo

मुख्य समाचार

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै



काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवन र बुटवल लुम्बिनी खेल्दै छ । यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे । उनले खेलको ४७औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : १३ बजे