Logo

मुख्य समाचार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री



काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन् ।

आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ०४ बजे