Logo

Breaking News 1

नेकपा एस सचिवालय बैठक, अध्यक्ष नेपालकाे महाधिवेशनकाे मिति सार्ने प्रस्ताव



काठमाडौं । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेशन सर्ने भएको छ । 

पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेशन सार्ने भएको हो  ।

जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।

नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : २४ बजे