Logo

Breaking News 1

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा



काठमाडौँ। सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : २७ बजे