Logo

Breaking News 1

हाम्रो सरकार बनोस् राज्यको ढुकुटीबाट उपचार गराउने नेताको पैसा फिर्ता गराउँछौंः लामिछाने



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्।

सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्।

त्यस्तै उनले आगामी निर्वाचनमा रास्वपाका सांसदहरूले जनतासँग सम्झौता गरेरै भोट माग्ने बताए । उनले यो कार्यकालमा आफूले लिएको तलबभत्ताको एकएक हिसाब बुझाउने पनि बताए।

उनले देश टाट पल्टिँदा नेताको घर कसरी ठडिन्छ भन्दै प्रश्न गरे।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ५३ बजे