काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा पहिचानवादीहरुले कालो झण्डा देखाएका छन् । गृह जिल्लामा रहेका सचिव भट्टराईको निवास अगाडि पहिचानवादीहरुले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् ।
कालो झण्डासहित प्रदर्शन भएपछि प्रदर्शनकारी र एमालेको युवा संगठन राष्ट्रिय युवा संघबीच झडप भएको छ । कडा सुरक्षा व्यवस्थाबीच पनि उनीहरुबीच घम्साघम्सी भएको हो ।
प्रतिक्रिया