Logo

मुख्य समाचार

शनिबार तीनकुनेमा कार्यक्रम गर्छौं : दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन् ।

शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले आज माइतीघरमा कार्यक्रम गर्ने बताए । उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए ।

‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस् । यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने । उनले आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : २० बजे