Logo

मुख्य समाचार

‘बीपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर फाल्यो’



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताएका छन् । कांग्रेसको अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै उनले अहिले गणतन्त्रको विकल्प खोज्न नहुने बताए ।

उनले भने, नेताहरू भ्रष्ट भए थुन्नुपर्छ । अब एउटा व्यक्ति आए, महाराज आए, यिनले गर्छन् भन्दै काठमाडौंमा दीपावली भएको थियो । तर, २०५९ मा दीपावली गर्ने जनता २०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए । अब गणतन्त्र ल्याउने भनेर सडकमा आए । तीन वर्ष पनि थेगिएन । तर, नेपालको कति समय खेर गयो ।

महामन्त्री थापाले भने, बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीं जाँदैनथ्यो । बेलायतमा छ, जापानमा छ, नर्वेमा छ । नेपालमा पनि रहन्थ्यो ।

गगन भने बीपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर फालेको हो भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ३३ बजे