Logo

Breaking News 1

इजरायल-हमासबीच केही बेरमा युद्धबिराम हुँदै, हमासले आजै १३ बन्दीलाई रिहा गर्ने



कतार । इजरायल र हमासबीचको युद्धबीच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजा पट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएको छ । सो युद्धविराम पछि बन्धकहरूको पहिलो समूह शुक्रबार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्धविराम हुने भएको हो ।

कतारका अनुसार त्यसपछि गाजामा इन्धन र मानवीय आपूर्तिमा आज तीव्रता आउनेछ । कतारको विदेश मन्त्रालयका अनुसार युद्धविराम नेपाली समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ, जबकि बन्धकहरूको पहिलो समूहलाई हमासले युद्धविरामको केही घण्टापछि भारतीय समय अनुसार साँझ ७ः ३० बजे रिहा गर्नेछ।

बन्धकहरूको पहिलो समूहमा एकै परिवारका १३ महिला र बालबालिका समावेश हुनेछन्। कतार र अमेरिकाबीच भएको सम्झौता अनुसार चार दिनमा ५० जना बन्धकलाई रिहा गर्ने सहमति भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रिहा हुनेहरूको नामको पहिलो सूची प्राप्त गरेपछि बन्धकहरूको परिवारसँग सम्पर्क गर्ने बताएको छ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरूलाई पनि शुक्रबार रिहा गरिने बताएका छन । तर ती नामहरूको सूची अनुमोदन गरिएको थियो भने कति जना हुन् रु त्यो अझै खुलाईएको छैन ।

यो सम्झौता कतार र अमेरिका बीचको मध्यस्थताको परिणाम हो र यो हप्ताको सुरुमा आधिकारिक रूपमा घोषणा गरिएको थियो।

यो सम्झौतालाई निष्कर्षमा पुर्‍याउन अमेरिका र इजरायलबीच धेरै तहको वार्ता भएको बताइएको छ । अन्ततः नेतान्याहुले युद्धविरामलाई हरियो संकेत दिएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : १७ बजे