Logo

Breaking News 1

राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु, ९३ घाइते



गाजा । इजरायल र हमासबीच युद्ध सुरु भएको ४९ दिन भइसकेको छ । यस अवधिमा इजरायलले गाजा पट्टीमा लगातार तीव्र हवाई हमला गरिरहेको छ, जसका कारण गाजा पट्टीमा मारिएका प्यालेस्टाइनीको संख्या १४, ५३२ पुगेको छ । 

यसैबीच, एक प्यालेस्टाइनी डाक्टरले बिहीबार भनेका छन कि इजरायलले गाजामा संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सीद्वारा सञ्चालित अबु हुसेन स्कूलमा आक्रमण गरेको दाबी गरेका छन । उनका अनुसार यस आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ  भने ९३ जना घाइते भएका थिए ।

गाजा पट्टीका एक डाक्टरले आफ्नो नाम न छाप्ने सर्तमा उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरलाई इजरायली सेनाले निशाना बनाएको बताए । यो गाजा पट्टीको सबैभन्दा ठूलो शरणार्थी शिविरहरू मध्ये एक हो। यो भित्र अबु हुसैन स्कूल थियो, जहाँ इजरायली सेनाले आक्रमण गरेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ०६ बजे