Logo

मुख्य समाचार

बिपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छ : इजरायलस्थित नेपाली दुतावास



काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो ।

हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।

उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

तर, केही मिडियाले जोशी फेला परेको र उनलाइ रिहाइ गर्नका लागि पहल भइरहेको जनाइरहेको बेला इजरायलस्थित दुतावासले भने उनको स्थीति प्रस्ट पारेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २५ बजे