काठमाडौं । धनुषाको धनुषाधामस्थित धारापानीबाट इलाम घुम्न गएको टोली चढेको बस इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा परी धनुषाधाम–९ धारापानी बस्ने १२ वर्षीय बालक अर्पण लामाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बसमा सवार अन्यको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको झापास्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ ।
प्रतिक्रिया