Logo

Breaking News 1

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै



काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाँदै छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।

आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : ४१ बजे