Logo

मुख्य समाचार

शंखरापुर झडपका क्रममा पक्राउ परेका सबै रिहा



काठमाडौं । काठमाडौँको शंखरापुरमा प्रहरीसँगको झडपपछि पक्राउ परेका १५ जना रिहा भएका छन् । शुक्रवार साँझ र शनिवार भएको विरोध प्रदर्शन र प्रहरीसँगको झडपपछि पक्राउ परेका उनीहरूलाई शनिवार साँझ प्रहरीले रिहाइ गरेको हो ।

विद्युत सब–स्टेसन निर्माणका लागि सशस्त्र प्रहरीको क्याम्प राख्न लागेपछि शंखरापुरमा स्थानीय र प्रहरीबिच झडप भएको थियो ।

झडपमा डिएसपी देवराज राईसहित ३ प्रहरी घाइते भएका थिए । त्यसपछि स्थानीय लगाएतसँग भएको छलफलपछि नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा उनीहरूलाई रिहाइ गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : १२ बजे