Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० कार्तिक २६ गते


२६ कार्तिक २०८०, आइतबार  

368
Shares

आज मिति २०८० कार्तिक २६ गते, आइतबार, १२ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष चतुर्दशी तिथि, १४ः१४ बजेपछि औंसी। स्वाती नक्षत्र। चन्द्रराशि तुला।

मेष राशि

मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

बृष राशि

पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

मिथुन राशि

आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य(चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ।

कर्कट राशि

अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

सिंह राशि

सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

कन्या राशि

खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई भने लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

तुला राशि

सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ।

बृश्चिक राशि

आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

धनु राशि

लगानीका रूपमा सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। खर्च लागे पनि आयस्रोत बढाउने अवसर प्राप्त हुनेछ।

मकर राशि

सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

कुम्भ राशि

शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सामाजिक सेवामा प्रवृत्त गराउनेछ।

मीन राशि

अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ०६ बजे