Logo

मुख्य समाचार

शिर्ष नेताहरुलाई राजनीतिबाट विदा लिन गगन थापाको आग्रह


२१ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुलाई सक्रिय राजनीतिबाट विश्राम लिएर गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महामन्त्री थापाले शीर्ष नेताले सक्रिय राजनीतिबाट विश्राम लिएमा गणतान्त्रिक व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका हुन् ।

मंगलबार भएको सर्वदलीय छलफलमा शान्ति सम्झौतामा हस्तक्षर गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा गणतान्त्रिक व्यवस्था जोगाउने विषयमा सबै एक मत भएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ३२ बजे