Logo

Breaking News 1

१२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिन्छ : अध्यक्ष नेपाल


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।

उनले समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरु एकै ठाउँमा दृढताका साथ उभिएर व्यवस्थालाई अघि बढाउँदै लैजानुपर्ने पनि बताए ।

साथै उनले आफू नेतृत्वको टोली आजै साँझ चीन भ्रमणमा जान लागेको र त्यसक्रममा चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ४ : १५ बजे