Logo

Breaking News 1

भूकम्प प्रभावित बस्तीमा सांसद शर्मासहितको टोली


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

रुकुम पश्चिम। शुक्रबार गएको भूकम्पका कारण आठबीसकोट नगरपालिका वडा नम्बर १३ का बस्तीहरू नराम्ररी प्रभावित भएका छन् । कतिपय घरहरु भूकम्पले ढलेका छन् भने नभत्किएका घरहरु पनि चर्किएर बस्नै नहुने भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माका अनुसार सोही नगरपालिकाको लटा हम्फा गाउँका कतिपय घरहरु भत्किएका छैनन् । तर, ढुंगामाटोले बनेका उक्त घरहरु बस्न नहुने भएका छन् । स–साना भूकम्पले पनि घर भत्किने खतरा रहेको भन्दै उनले सबै सर्वसाधारण खुला आकाशमा रहन बाध्य भएको बताए ।

मंगलबार शर्मासहित विभिन्न राजनीति दलका टोलीले प्रभावित क्षेत्रमा पुगेर जनतासँग भेट गरेको छ । भेटका क्रममा स्थानीयले आफूहरुको भरोसा जनप्रतिनिधि नै रहेको भन्दै राहत र पुनर्स्थापनामा पहल गर्न आग्रह गरेका छन् । सो क्रममा शर्माले आफूहरु जनतासँगै रहेको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

शर्माका अनुसार सो क्षेत्रमा राहत सामग्री केही वितरण भएको छ भने बाँकी वितरणको प्रक्रियामा रहेका छन् ।

भूकम्पलगत्तै नेता शर्माले निरन्तर प्रभावित क्षेत्रमा खट्दै राहत र पुनर्स्थापनाका लागि पहलकदमी लिँदै आएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा व्यापक मानवीय र भौतिक क्षति भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : ५६ बजे