Logo

Breaking News 1

राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोटमा


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

जाजरकोट। राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन् । मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुगेका छन् । 

घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिएका हुन् । 

राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदैछन् । 

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी थिए । 

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । 

गत शुक्रबार राति गएको ६.२ म्याग्निच्यु भूकम्प र यसको आइरहेको पराकम्पबाट जाजकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ । 
 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : ०३ बजे