Logo

Breaking News 1

नेपाली कांग्रेसद्वारा भूकम्प प्रभावितका लागि ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार बिहान ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

देउवा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर पार्टीका तर्फबाट भूकम्पपीडितका निम्ति ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितका निम्ति रकम प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : १४ बजे