Logo

Breaking News 1

बाग्लुङमा टयाक्सी सडकबाट खस्यो, दुईको मृत्यु


२१ कार्तिक २०८०, मंगलबार  

46
Shares

बाग्लुङ । बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा ट्याक्सी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ ध १ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भइ सडकबाट १ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार उक्त टयाक्सी बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : २० बजे