Logo

खेलकुद

बङ्गलादेशसँग श्रीलंका ३ विकेटले पराजित


२१ कार्तिक २०८०, मंगलबार  

46
Shares

काठमाडौं । विश्वकप क्रिकेटमा गरेको छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा बंगलादेशले श्रीलकालाइ ३ विकेटले पराजित गरेको हो  । 

श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट हुन पुगे पछि बंगलादेशले २ सय ८० रनको लक्ष्य पाएको थियो ।

यो पराजयसँगै श्रीलङ्काको सेमिफाइनलको यात्रा सपना मात्रै भएको छ । जसका कारण आठ खेलमा २ खेल मात्रै जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा सिमित हुन विवश भएको छ । उता, आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रन रेटका आधारमा भने एक स्थान माथी अर्थात सातौं स्थानमा छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : २२ बजे