Logo

मुख्य समाचार

चीनले पठायो राहत सामग्री, पहिलो खेप नेपाल आउँदै


२० कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौं । चीनले भूकम्पका कारण जाजरकोटसहितका पीडितहरूका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ–रसुवागढी नाका हुँदै उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपालतर्फ आइसकेको जानकारी दिएका छन् ।

राजदूत सोङका अनुसार राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर रहेका छन् । राहत सामग्रीहरू सीधै जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्पपीडितहरूलाई पठाइनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : १८ बजे