Logo

Breaking News 1

भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत पुग्छ : जनार्दन शर्मा


२० कार्तिक २०८०, सोमबार  

69
Shares

रुकुम। प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीनदिनभित्रै राहत सामग्री पठाइसक्ने बताएका छन् । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उनले राहत वितरणको काम तीव्र पारिने बताए ।

राहत वितरणपछि पुनःनिर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुनःनिर्माणमा लाग्ने उनको भनाइ थियो । भूकम्पका कारण अवरुद्ध भएको विद्युत् तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताए ।

जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ३५ बजे