Logo

Breaking News 1

राष्ट्रपतिको युरोप भ्रमण स्थगित


२० कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणमा निस्कने कार्यक्रम स्थगित गरेका छन् ।

भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ३ : ११ बजे