Logo

मुख्य समाचार

भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु


१९ कार्तिक २०८०, आइतबार  

0
Shares

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

आइतबार बिहान खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् ।

उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : १८ बजे