Logo

मुख्य समाचार

कांग्रेस सांसदले १५ दिन बराबरको तलब भूकम्पपीडितलाई दिने निर्णय


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग स्वरुप उपलब्ध गराउने भएकाे छ छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय भएको हो ।

प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तीमा गत शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पका कारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट समेत गरेको उल्लेख छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ४४ बजे