Logo

Breaking News 1

भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्‌को निर्णय


१९ कार्तिक २०८०, आइतबार  

69
Shares

काठमाडौं। सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने, तथा त्यस्तो सहयोगका लागि सरकारका तर्फबाट धन्यवादन दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

अहिलेसम्म चीन सरकारले १० करोड बराबरको राहत सामग्री दिने घोषणा गरेको छ । यस्तै अर्को छिमेकी मुलुक भारतले हरसम्भव सबै सहयोग र राहत उपलब्ध गराउने बताएको छ । त्यस्तै मित्रराष्ट्र रुस, पाकिस्तानलगायत मुलुकले पनि सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ०० बजे