Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० कार्तिक २ गते


२ कार्तिक २०८०, बिहिबार  

437
Shares

आज मिति २०८० कार्तिक २ गते, बिहीबार, १९ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष पञ्चमी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।

मेष राशि

प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ।

बृष राशि

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ।

मिथुन राशि

पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।

कर्कट राशि

समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

सिंह राशि

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।

कन्या राशि

लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

तुला राशि

विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बोलीको प्रभाव बढ्नेछ ।

बृश्चिक राशि

आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

धनु राशि

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्।

मकर राशि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

कुम्भ राशि

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

मीन राशि

परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ६ : १३ बजे