Logo

Breaking News 1

इजरायल आक्रमणमा १० नेपालीको निधन, एक सम्पर्कविहिन



काठमाडौं । हमासले हवाई हमला गर्दा इजरायलको कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु भएको छ । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कृषि क्षेत्रमा कार्यरत रहेका बेला उनीहरुको मृत्यु भएको हो ।

दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका १७ नेपालीमध्ये १० को मृत्यु भएकोमा ४ जना अहिले अस्पतालमा उपचारत छन् । यस्तै, १ जना प्रहरीको सेल्टरमा छन् भने अर्को एक जना रोजगाररत कम्पनीको सेल्टरमा पुगेका छन् ।

१७ मध्ये बाँकी एक जना हालसम्म सम्पर्कविहीन रहेको बताइएको छ । नेपालबाट कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका मध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कार्यरत थिए ।

इजरायलमा जीटुजीमार्फत केयरगिभरको रुपमा गएका नेपालीको संख्या १ हजार १ सय रहेको छ ।

–मृतक, उपचाररत तथा सेल्टरमा रहेका नेपाली
–प्रमोद केसी (कार्यस्थलमा)
–विरेन्द्र चौधरी (प्रहरी संरक्षणमा)
नारायण प्रसाद नेउपाने (मृत्यु)
गणेशकुमार नेपाली (मृत्यु)
आशिष चौधरी (मृत्यु)
दिपेशराज विष्ट (मृत्यु)
आनन्द शाह (मृत्यु)
राजेश कुमार स्वारांकर (मृत्यु)
राजन फुलारा (मृत्यु)
पदम थापा (मृत्यु)
प्रवेश भण्डारी (मृत्यु)
लोकेन्द्र सिं हधामी (मृत्यु)
विधान सिजवाल (अस्पतालमा)
प्रविन डाँगी (अस्पतालमा)
धन बहादुर चौधरी (अस्पतालमा)
हिमाञ्चल कट्टेल (अस्पतालमा)
विपिन जोशी (सम्पर्कविहीन)

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ०४ बजे