काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये एकजनाबाहेक अन्य सबैलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई ५ लाख धरौटी छाड्न आदेश दिएको भएपनि अन्य सबैलाई थुनामा पठाउन आदेश दिएको हो । सुन तस्करीमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले ३ जना फरारसहित २९ जनामाथि मुद्दा दायर गरेको थियो ।
पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।
प्रतिक्रिया