Logo

Breaking News 1

एमसीसी कार्यान्वयनमा गएपछि काठमाडौंमा ‘सेलिव्रेसन’ कार्यक्रम, प्रधानमन्त्रीले भने : नयाँ ढोका खुल्यो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको समेत बताए ।

यस्तै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताएका छन् ।

एमसीसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठूलो योगदान रहने मन्त्री महतले बताए ।

अहिले ठेक्का लगाउने प्रक्रिया अगाडि बढेको बेला केही समस्या आएको बताउँदै उनले एमसीए नेपालले छिटै समाधान गर्ने विश्वास समेत व्यक्त गरे । एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेपछि एमसीसी प्रमुख कार्यकारी अधिकृत खुसीयाली मनाउन नेपाल आएकी छन् ।

उनको समेत उपस्थितीमा एमसिए नेपालले प्रधानमन्त्री, अर्थमन्त्री लगाएतलाई बोलाएर खुसीयाली कार्यक्रम गरेको हो । नेपाल र अमेरिकाबिच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ४० बजे