काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबिच सहमति भएको छ । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकहरुसँग भएको वार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का संयोजक डाक्टर शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
सहमतिमा चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने, स्वास्थ्यकर्मी र चिकित्सकहरुको सेवा सुविधाका बारेमा अध्ययन गर्न १५ दिनभित्र गठन गर्ने विषय समेत उल्लेख छ ।
सहमतिपछि आन्दोलनरत चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ ।
प्रतिक्रिया