Logo

मुख्य समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई



काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य खड्काले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबारै बेलुका अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। उनी त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : ४२ बजे