Logo

Breaking News 1

‘देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन’



गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान् व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए । सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ५ : २५ बजे