Logo

Breaking News 1

सर्वोच्चको आदेशले बालुवाटार प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ


२३ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रूपमा छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्‍याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले बालुवाटार छानबिनमा थप आधार दिएको बताएका हुन् ।

‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ । यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ। जहाँसम्म जानुपर्छ, जानुहोस् भनेका छौँ। तथ्य प्रमाणले जसलाई तान्छ, सबैलाई तान्नुहोस् भनेका छौं,’ गृहमन्त्री श्रेष्ठले भने। उनले ९ किलो सुन प्रकरणमा माओवादी वा जो सुकै भए पनि उन्मुक्ति नपाउने बताएका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ३५ बजे