काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशी प्रदेशसभामा सत्तापक्षले गरेको सरकार गठन संविधान विरोधी क्रियाकलापका रुपमा अर्थ लगाउँदै एमालेले नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए । सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको निर्णयको विरुद्धमा एमालेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णयहरु नगर्न सरकारलाई आदेश दिएको छ ।
प्रतिक्रिया