काठमाडौं । नेककपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो ।
माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारबाट सुरु भएको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही विषयमा सचिवालयका सदस्यहरुले आ आफनो धारणा राखिरहेका छन् ।
प्रतिक्रिया