Logo

मुख्य समाचार

बाग्मती प्रदेशसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीले दिने



हेटौंडा । बाग्मती प्रदेशसभा बैठक बस्दै छ । प्रदेशसभा भवन हेटौंडामा उक्त बैठक बस्ने छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आर्थिक वर्ष २०८/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुरू भएको थियो ।

हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ४२ बजे