Logo

मुख्य समाचार

माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री



काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटवार्तामा दुई देशको सम्बन्धबारे छलफल भएको छ । अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवासमा करिब १ घण्टा भएको शिष्टाचार भेटमा दुई देशको सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ०४ बजे