Logo

Breaking News 1

बालुवाटार जग्गा प्रकरणमा थप दुईजना पक्राउ



काठमाडौं । बालुवाटार जग्गा काण्डले चर्चित बनेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेकाक छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार थप दुईजना गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ ।

सो प्रकरणमा हालसम्म आठजना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ३ : २४ बजे