काठमाडौं । जिल्ला अदालत ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने साधारण तारेखमा रिहा भएका छन् ।
अदालतकी नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै विवाद भएको थियो । तामाङले आफुलाई कुटेको जाहेरु दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र इन्कार गर्दा जथाभावी बोलेर हातपात गर्न थालेको दाबी गरेका थिए ।
यसकै विरोधमा नेपाल बार एशोसिएसनले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेकका अरु मुद्दामा बहस नगर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया