काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किँदा आठजना घाइते भएका छन् ।
शनिबार (असार २७) बिहान करिब ६ः२० बजे धनुषाकै मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्वपश्चिम लोकमार्गमा गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना२च २३२ नम्बरको एम्बुलेन्स र उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको हो ।








प्रतिक्रिया