Logo

मुख्य समाचार

हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग



काठमाडौं । हवाइ इन्धनमा १० प्रतिशत पूर्वाधार विकास कर लगाउन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा भाग लिँने क्रममा सांसद प्रेम सुवालले हवाइ इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने माग बताएका हुन् ।

तर, सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाउन नहुने उनको भनाइ छ । सार्वजनिक यातायातमा गरिब चढ्ने भएकाले पूर्वाधार विकास कर लगाउन नहुने भन्दै उनले भने, ‘हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ ।

सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन।’ आइतबार प्रतिनिसभाले आर्थिक विधेयक पारित गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ५६ बजे