Logo

समाचार

पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा



काठमाडौं। उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशाषन उलङघन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०, नम्बर प्लेट राम्रोसँग नराख्ने २८ माथी कारबाही गरिएकाे छ ।

यसैगरी, लिडार गनमा देखिएका ३ सय ९६ र अन्य २ हजार २ सय ५८ जना गरी ३ हजार १ सय ५० सवारी साधानलाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ४९ बजे