Logo

मुख्य समाचार

सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल, विशेष अदालतमा मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षमा अनुतीर्ण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको अख्तियारले जानकारी दिएको छ ।

यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर आइडी’ प्रयोग गरी सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी गरेको पाइएको छ ।

उनले लिखित परीक्षामा एक सय ८० जना र प्रयोगात्मक परीक्षामा दुई सय ८३ परीक्षार्थीको परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ । आयोगले कार्यालय प्रमुख शाही, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया, कम्प्युटर अपरेटर पवनबहादुर रावल पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ०१ बजे