Logo

मुख्य समाचार

अमेरिका पठाइदिने भन्दै ठग्ने दुई महिला पक्राउ



काठमाडौँ । अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगर १५ बौद्ध बस्ने निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगर १ बस्ने अल्पा ढकाल रहेका छन् ।

प्रहरीका अनुसार अमेरिका बस्दै आएका टंकराज बस्नेतले फेसबुक र म्यासेञ्जरमा छुट्टाछुट्टै दुई वटा प्रोफाइल खोलेर पीडितसँग चिनजान गरेका थिए ।

उनैले अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र एक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक तीन हजार डलरसम्मको जागिर लगाइदिने भन्दै नेपालमा रहेका महर्जन र ढकालमार्फत ३६ जना पीडितबाट एक करोड ६१ लाख रुपैयाँ रकम ठगी गरेका थिए ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ४८ बजे