काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पहिलो चरणको अनुसन्धानमा प्रमाण नपुगेका विषयमा प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको छ ।
अभियुक्तले बयानमा नाम लिएका तथा स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेका व्यक्तिहरूमाथि प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको हो ।
सो मुद्दामा १५ जना फरार छन् । जसमध्ये १२ जना अदालतमा मुद्दा दायर भएका फरार छन् । तीनजनाको प्रस्ट ठेगाना खुल्न सकेको छैन । जसमध्ये एक बिचौलिया बेचन झा हुन् ।
उनले नै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र यो धन्दामा संलग्न गिरोहबीच सम्पर्क गराइदिएका थिए । झा पक्राउ परे यो प्रकरणमा थप पाटो प्रस्ट हुने प्रहरी अधिकारी बताउँछन् ।
बिचौलियाहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि केपी ओलीका पिए राजेश बज्राचार्यसम्मलाई पैसा बुझाएको दाबी गरेका छन् । तैपनि थप प्रमाण खुल्न नसक्दा उनीहरूमाथि पहिलो चरणमा प्रहरीले अभियोग अघि बढाउन सकेन ।
प्रतिक्रिया