Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझीसहित १६ जना केन्द्रीय कारागार चलान



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले खाँण, रायमाझी र पाण्डेसहितका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको हो ।

जेल चलान भएकाहरुले जिल्लाको आदेश विरुद्ध उच्च अदालत पाटनमा पुनरादेन दिन सक्नेछन् । पाटनले पनि थुनामा पठाएमा सर्वोच्च जान पाउने बाटो खुलै छ । सर्वोच्चले समेत जिल्ला अदालतको आदेश सदर गर्दा भने उनीहरु फैसला नहुँदासम्म थुनामै बस्नु पर्नेछ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २४ बजे